शनिबारदेखि प्रथम मेयर कप फुटबल

काठमाडाैं | मंसिर २३, २०७९

शनिबारदेखि प्रथम मेयर कप फुटबल

काठमाडौं:  रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो ।


कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।


प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए ।


प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि  जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्