एग्रो टुरिजम सहकारीको विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा

पाेखरा | मंसिर २३, २०७९

एग्रो टुरिजम सहकारीको विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा

पोखरा:  पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक, गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले आजदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
    

सेवा केन्द्रको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो ।
    

कार्यक्रममा मन्त्री बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु बर्तमानको  आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गर्नुभयो ।
    

सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो । सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै उहाँले एक सहकारी एक उत्पादनको योजना अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिइएको बताउनुभयो ।


उहाँका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ ।


सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आँफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्नु भएको बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास लिइएको बताउनुभयो् । उहाँले संस्थाले सहकारी नमुना ग्राम निर्माणको दीर्घकालीन लक्ष्य लिएको जानकारी गराउनुभयो ।

    
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका रजनी कोइराला, निरा पोखरेल लगायतले बोल्नुभएको थियो ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्