चेन हुई र पटेल जोडी आइटीएफ डबल्स विजेता
पाेखरा | मंसिर २३, २०७९
पोखरा: ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो ।
पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

