आइटीएफ जे-५ टेनिसको उपाधी ताइपेइका हाङ र रसियाकी लैलालाई
पाेखरा | मंसिर २४, २०७९
पोखराः कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् ।
नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै खेलमा जित हाँसिल गरेका हुन् । दोश्रो सेटको खेलमा १–० ले पछि परेका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए । पहिलो सेटको खेल हाङले ६४ ले आफ्नों पक्षमा पारेका थिए ।
महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाल भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन् । प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन् । त्यसैगरि दोश्रो स्थान हाँसिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् । पुरुषतर्फ भारतका बंश नन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोश्रो स्थान हाँसिल गरेका थिए ।
विजयी खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कायस्थले पोखराले टेनिसमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए । वर्षेनी यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले खेलाडीलाई व्यवसायीकताको बाटोमा अघि बढाएको कायस्थको भनाई थियो । खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि टेनिस सिद्ध भएको उनले जनाए । पोखराको टेनिस विकासमा निजी क्षेत्रको अहम भूमिंका रहेको जनाउँदै अब सरकारी र कर्पोरेट क्षेत्रले पनि यसको महत्व बुझ्न आवश्यक रहेको औल्याए ।
आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै अब पोखरामा छिट्टैनै माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जनाए । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

