देशका लागि विश्वकप जित्ने ठूलो सपना थियो: रोनाल्डो

काठमाडाैं | मंसिर २६, २०७९

देशका लागि विश्वकप जित्ने ठूलो सपना थियो: रोनाल्डो

काठमाडौं:  पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले देशको लागि विश्वकप जित्ने ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् ।


फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् ।


‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’


उनले अगाडि भनेका छन्, ‘मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’


‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैं महान खेलाडीहरूको साथ र लाखौं पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् ।

रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडीसँगै सर्वाधिक गोलकर्तासमेत हुन् । उनी पोर्चुगलका लागि मात्रै नभई राष्ट्रिय टोलीबाट पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।


मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यस विश्वकपमा रोनोल्डोले एक गोल मात्रै सफल भए । उनले पाँचपटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्