फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: अर्जेन्टिना र क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।
यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ ।
यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।
क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

