अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन घोषणा गर्न त्रिविलाई पत्र

काठमाडाैं | मंसिर २७, २०७९

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन घोषणा गर्न त्रिविलाई पत्र

काठमाडौं:   नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।


मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् ।


विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ ।


‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका निरन्तरको तालाबन्दी र प्रँध्यापकमाथिको सांघातिक आक्रमणले थप पुष्टि गरेका छन्’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ ।


उपकुलपति बाँस्कोटाले यस वर्ष स्ववियुको चुनाव हुने भन्दै तयारीमा लाग्न आग्रह गरेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मदन विष्टले जानकारी दिए ।


त्रिभुवन विश्वविद्यालयले हरेक २ वर्षमा फागुनमा स्ववियु चुनाव गर्दै आएको थियो । तर १४ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्