चार महिनामा १२ करोड बढिको राइस कुकर आयात
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौंँ: चालू आर्थिक वर्ष २०७८९र८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।
विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।
यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ ।
यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

