गर्भवती महिला पवित्राको हेलिकप्टर मार्फत उद्वार

बाजुरा | मंसिर २७, २०७९

गर्भवती महिला पवित्राको हेलिकप्टर मार्फत उद्वार

बाजुरा:  बाजुरा जिल्लाको पुर्वी उतरी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । 

 

१८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको सामाजिक अगुवा रन्दीप बुढाले बताए । उनले भने, ‘स्वाथ्य संस्थाले ३ दिन अगाडी रिफोर गरी सकेको भए पनि गर्भवती महिला पवित्रा कडारको आर्थीक अभावको कारण  सुत्केरी बेथा लागेकी कडारालाइ घरमै बसाएकोले उनको स्वस्थ्य अवस्था जटील बन्दै गएपछी आज नेपाली सेनाको हेलिक्प्टर मार्फत उद्वार गरिएको हो ।’


पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नसकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् ।


स्वास्थ्य केन्द्रबाट हिजो रिफर गरिएकि पवित्रालाई आज राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले बताएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्