ठेकेदारसँग झुक्यो पोखरा महानगर, पार्किङको ठेक्का अवधि चैतसम्म

पाेखरा | मंसिर २८, २०७९

ठेकेदारसँग झुक्यो पोखरा महानगर, पार्किङको ठेक्का अवधि चैतसम्म

कास्की:  पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ । 


निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो । 


वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो ।


तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे ।

 
उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो । तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ ।  दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको ...

थप पढ्नुहोस्

ढोरपाटन:   काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरि...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो...

थप पढ्नुहोस्