नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

पाेखरा | मंसिर २९, २०७९

नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

पोखरा:  पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । 


महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ । 


साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनको भनाइ छ । 


फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् ।
पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ । 
 

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।   एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हु...

थप पढ्नुहोस्

पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।   माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखे...

थप पढ्नुहोस्

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्