धर्मकाया बुद्धमण्डलाको सातौं वार्षिक साधारणसभा सम्पन्न

पाेखरा | पुस १, २०७९

धर्मकाया बुद्धमण्डलाको सातौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा:  पोखरा ११ काँहुडाडालाई पर्यटकिय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ ।


पोखरा ३ नदिपुरस्थित धर्मशिला बुद्ध बिहारमा आयोजित साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोबाचन गरी उद्घाटन गर्नुभएको थियो।


कार्यक्रममा प्रमुख अतिथि शंकर गुरुङ, सल्लाहकारहरु तिथ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।


समितिका सचिव पुर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको वार्षिक र आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।


धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सम्मानित र निर्वाचित समितिका पदाधिकारी एवम सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो भने उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्