'प्रसाद २'   मा महेश त्रिपाठीको इन्ट्री

पाेखरा | पुस १, २०७९

'प्रसाद २'   मा  महेश त्रिपाठीको इन्ट्री

पोखराः    छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा  महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । 


त्रिपाठीले यस अघि नै अमेरिकाको हुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।


त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् ।  निमार्ण पक्षले  छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका  कारण रोकीएको छायाँकनमा  त्रिपाठीलाई अभियनको लागी अनुरोध गरेको थियो ।


यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो  फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै  रुचाएका  थियो ।

 


तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता  सुवास  थापाले बताएका छन् । सुरुमा  प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् ।


कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ ।


४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र विपिन कार्की विच  मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।


एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् ।  सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ ।


राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन्  । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्