२२ औं आहा ! रारा पोखरा गोल्डकप १० टिमको टुंगो, पुरस्कार राशिमा वृद्धि
पाेखरा | पुस ५, २०७९

पोखराः २२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि भएको छ ।
सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र, नेपाल प्रहरी फुटबल क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् । गत वर्षको विजेता एपिएफ र उपविजेता मनाङ मस्याङ््दी क्लब हुन् ।
प्रतियोगितामा विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने छ ।
प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...
पोखरा: अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...
काठमाडौं: भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्...