पोखरामा गौरी गुरुङ एकल साँझ
पाेखरा | पुस १०, २०७९
                                
                            पोखराः पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६५ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ सम्पन्न भएको छ ।
नेपाली लोक सँस्कृति बचाऔं मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको भव्यताका साथ सम्पन्न भएको हो । 
आठ वटा नृत्य प्रस्तुत गरेका गौरी गुरुङ हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए । 
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो ।  उहाँले बुद्धिप्रसाद गुरुङ गौरी अझै आफुहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उहाँको नृत्य क्षेत्रमा योगदानको प्रसंशा गर्नुभयो ।  कलाकारिता सँस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय शहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताउनुहुदै आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो । 
नगरप्रमुख आचार्यले पोखरामा निर्माण सम्पन्न भएको अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको भन्नुहुदै रिठेपानी डाडाकटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नं.३२ मा प्रवन्ध गरिएको बताउनुभयो । उहाँले पृथ्वीराजमार्गमा रहेको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रलाई व्यवस्थित र सफा गर्नका लागि पुस १३ गते विहान सरसफाई कार्यक्रम आयोजना गरिएकाले सबैको सहभागिताको लागि आग्रह गर्नुभयो । 
एकल साझँकै क्रममा बरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिस्टेप माविले विगत दुईदशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो । 
एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिनुहुदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो । 
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । 
कार्यक्रम सफल बनाउनका लागि मुख्य प्रायोजन नादा तमु समाज, सहयोगी संस्था पोखरा महानगरपालिका, सहप्रायोजक शितलादेवि युवा क्लव, प्रवद्र्धक गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञाप्रतिष्ठान रहेको थियो । 
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
