रक्सी र रोटी दिएर प्रम प्रचण्डलाई गुरुङ समुदायको बधाइ
काठमाडाैं | पुस ११, २०७९
तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।
सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो ।
साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् ।
उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ ।
उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

