रक्सी र रोटी दिएर प्रम प्रचण्डलाई गुरुङ समुदायको बधाइ
काठमाडाैं | पुस ११, २०७९
तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।
सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो ।
साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् ।
उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ ।
उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

