इङ्लिस प्रिमियर लिग: आर्सनल र लिभरपुल विजयी
काठमाडाैं | पुस १२, २०७९
काठमाडौं: कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट हामलाई ३—१ गोलले हरायो । अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ गोलले नै स्तब्ध बनायो ।
आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । वेस्ट हामका सेड बेनरहमाले सान्त्वना गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अङ्क बनाएको छ । पराजित वेस्ट हाम १४ अङ्कसहित १६औं स्थानमा छ ।
यसैगरी लिभुपुललाई जिताउन मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल फर्काउनुभयो ।
जितसँगै लिभरपुल छैटौं स्थानमा छ । लिभरपुलले १५ खेलबाट २५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला १८ अङ्कसहित १२औं स्थानमा छ ।
अन्य खेलहरुमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३–०, वल्भ्सले एभर्टनलाई २–१ र फुलहामले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । टोट्टनहाम र ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

