५ मन्त्रीले हेरे मन्त्री क्वाटरका घर, भोली सर्ने तयारी
काठमाडाैं | पुस १२, २०७९
काठमाडौं: मन्त्री क्वाटरमा बस्नका लागि ५ मन्त्रीले आफू बस्ने घर छनौट गरेका छन् । ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि उनीहरूले घर छानेर सर्ने तयारी गरेका हुन् ।
मन्त्री क्वाटर जान २ जना उपप्रधानमन्त्रीसहित अन्य ३ मन्त्रीले तयारी गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, मन्त्रीहरू राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले आफू बस्ने घर हेरेर सर्ने तयारी गरेका हुन् । उनीहरूले बुधवार क्वाटर सर्ने तयारी गरेका छन् । मन्त्री क्वाटरबाट अधिकांश पूर्व मन्त्रीले सामान सारेका छन् भने केही पूर्व मन्त्रीको सामान सार्न बाँकी रहेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले क्वाटर छोडेका छन् । ललितपुरको भैसेपाटीमा बनिरहेको मन्त्रीहरूको नयाँ आवासस्थल निर्माण सम्पन्न नभएकोले पुलचोकमा रहेको क्वाटरमा नयाँ सरकारका मन्त्रीहरू बस्दैछन् ।
मन्त्री क्वाटरमा बस्ने मन्त्रीहरूका लागि आवास, फर्निचर, खानेपानी, इन्टरनेट लगायतको सुविधा हुने गरेको छ भने किचेनका सामान र सिरक डस्ना लगायतका कपडा भने उनीहरू आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । मन्त्रीमण्डलमा रहेका २५ जना मन्त्रीका लागि सरकारी तवरबाट आवास सेवा दिने व्यवस्था रहेको छ । पुलचोकमा रहेको मन्त्री क्वाटर कम्पाउण्डभित्र १९ वटा छुट्टा छुट्टै घर रहेको छ जहाँ १९ जना मन्त्रीले मात्र बस्न पाउँछन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएकोले अन्य मन्त्री तथा राज्यमन्त्रीले भने भाडाको घरमा बस्नुपर्ने हुन्छ । उनीहरूका लागि घरभाडा, खानेपानी र इन्टरनेटका लागि रकम भुक्तानी गर्ने व्यवस्था छ ।
आफैले घर खोजेर बस्ने मन्त्रीका लागि घरबेटीसँगको सम्झौता पत्रका आधारमा मासिक ४० हजारसम्म घरभाडा, खानेपानी र इन्टरनेटको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मन्त्री आवास तथा भवन निर्माण शाखा प्रमुख कुमार घिमिरेले रातोपाटीलाई जानकारी दिए । त्यसरी छुट्टै घर भाडामा लिएर बस्ने मन्त्रीले एक पटकका लागि सुरक्षा पोष्ट लगायत आवश्यक पूर्वाधार निर्माणका लागि थप २ लाख रुपैयाँ पाउनेछन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

