तेस्रो पटक जेल पुगे गण्डकीका ‘मुख्यमन्त्री पोखरेल’
कास्की | पुस १२, २०७९
कास्की: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज तेस्रो पटक कास्की कारागार पुगेका छन् । यसअघि दुइपटक राजनीतिक बन्दी भएर सजाय भोग्न पुगेका पोखरेल यसपटक बन्दीको अवस्था र कारागारको निरिक्षण गर्न पुगेका हुन् ।
सो अवसरमा बोल्दै उनले वि.सं २०३५ सालमा १ महिना र ०३६ सालमा साढे ८ महिना सोही कारागारमा जेल जिवन बिताएको स्मरण गरे । ‘त्यो बेला जेल जिवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि भयो र मुख्यमन्त्री पनि बन्यो, उनले भने, ‘यहाँ आउने योजना बनाइरहेको भएपनि समयको समायोजन हुन सकेको थिएन । ढिलै भएपनि आज अवलोकन गर्न भनेर आएको छु ।’
उनले सरकारको नेतृत्व तहमा पुग्ने प्राय नेताहरुले जेल जिवन भोगेको बताए । ‘अहिले सरकारको मुख्य तहमा हुने नेताहरु जेल जिवन नबिताएको सायद कमै होलान्, उनले भने, ‘तर नयाँ पुस्तामा त्यो नहोला । एउटा कुरा यो सत्य के रहेछ भने हामी जेलबाट बाहिर आएपछि त्यो जिवन भुल्दा रहेछौं यो कुरा म स्वीकार्छु ।’

उनले जेललाई सुधारगृहको रुपमा विकास गर्नुपर्ने धारणा राखे । ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहको रुपमा बनाउन पर्ने हो तर पनि त्यो गर्न नसकेको अवस्था छ, मुख्यमन्त्री पोखरेलले भने, ‘तथापी उहाँहरु (कैदीबन्दी) लाई प्रत्यक्ष भेटौ भन्ने उद्देश्यकासाथ हामी यहाँ आएका हौं ।’
उनले विभिन्न मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दीहरुलाई प्रत्यक्ष भेट गरेका थिए । उनले वैटिङ तथा भेटघाट कक्षबाट निरिक्षण सुरु गरेर हस्तकलाको समाग्री बनाउने स्थल, सैलुन, मेस, खेलक्षेत्र तथा कैदीबन्दीको निवास लगायतका क्षेत्रमा प्रत्यक्ष अवलोकन गरेका थिए ।
जेलर महेन्द्र बहादुर कुँवरका अनुसार कास्की कारागारमा हाल ३६ महिला ३ जना आश्रित बालबािलका छन् भने पुरुष ‘क’ ब्लकमा ३ सय ६३ र पुरुष ‘ख’ ब्लकमा ४ सय ९ जना कैदीबन्दी रहेका छन् ।
मुख्यमन्त्री पोखरेलसँगै गण्डकी प्रदेशका आन्तिरक मामिलामन्त्री दोबाटे विश्वकर्मा, कास्की जिल्ला अधिकारी टेक बहादुर केसी लगायतको टोली अवलोकनमा पुगेको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

