आरआर क्याम्पसमा अनेरास्ववियुको दुई समूहबीच झडप, खुकुरी प्रहार गर्ने ४ पक्राउ

काठमाडाैं | पुस १३, २०७९

आरआर क्याम्पसमा अनेरास्ववियुको दुई समूहबीच झडप, खुकुरी प्रहार गर्ने ४ पक्राउ

काठमाडौं​:  प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।


क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।


खुकुरी प्रहार गरेको आरोपमा  ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्