घान्द्रुकमा ल्होछार पर्व मनाइँदै
पाेखरा | पुस १३, २०७९
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको छ ।
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा ङग्युुर दोर्जे साङाग छयोएलिङ्ग गुम्बा ल्होछार पर्वको कार्यक्रम आयोजना गरिएको हो ।
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ गते धर्म गुरुहरुको उपस्थितिमा जगे(किलखोर) स्थापना भएको छ, भने पुष १२ देखि १४ गतेसम्म हयुमपाठ वाचन तथा पुजा भइरहेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले जानकारी दिए ।

‘पुस १५ गते बिहान ७ः३० देखि ८ बजेसम्म पितृ पुजा, ९ देखि ११ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा गर्दछौं, गुरुङले भने, ‘१२ बजेदेखि १ सम्म गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ ( अभिषेक) दिने र दिउँसो २५ औं ल्होछार जयन्तीको अवसरमा शुभकामना तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छौं ।’
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

