एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा
काठमाडाैं | पुस १३, २०७९
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ ।
प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो ।
नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

