नेपाली कांग्रेसका महासमिति सदस्य गुरुङको निधन
पाेखरा | पुस १३, २०७९
पोखराः नेपाली कांग्रेसका महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित गुरुङको आज (बुधबार) निधन भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिए ।
‘ग्रामीण भेगमा समाजसेवा र कृषि पेशामा क्रियाशिल महिला नेतृ हुन् गुरुङ, उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामिण भेगमा राजनीतिक जागरण देखि ग्रामिणको विकासका लागि अग्रसर नेतृको निधनले दुःखी छौं, उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं।’
२०७४ को स्थानीय निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षमा उनी प्रत्यासी हुन् । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित उनलाई पोखराको एक अस्पतालमा उपचारपछि घरमा लगिएको थियो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

