नेपाली कांग्रेसका महासमिति सदस्य गुरुङको निधन
पाेखरा | पुस १३, २०७९
पोखराः नेपाली कांग्रेसका महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित गुरुङको आज (बुधबार) निधन भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिए ।
‘ग्रामीण भेगमा समाजसेवा र कृषि पेशामा क्रियाशिल महिला नेतृ हुन् गुरुङ, उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामिण भेगमा राजनीतिक जागरण देखि ग्रामिणको विकासका लागि अग्रसर नेतृको निधनले दुःखी छौं, उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं।’
२०७४ को स्थानीय निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षमा उनी प्रत्यासी हुन् । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित उनलाई पोखराको एक अस्पतालमा उपचारपछि घरमा लगिएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

