चिसो बढ्दा यात्रुलाई आवतजावत गर्न कठिन
काठमाडाैं | पुस २०, २०७९
कालीकोट: पुस २० गते । कालीकोटमा चिसो निकै वढेको छ । चिसोका कारण केही स्थानीय तहका बिद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको छ । रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम मान्म आउँदा पाँचदेखि सात ठाउँसम्म आगोको साहरा लिनुपरेको बताउनुभयो ।
दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उहाँले सुनाउनुभयो । चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै बिद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् । कोरोना पछि जिल्लाभरी एक शैक्षिकसत्र अर्थात वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरुले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ ।
नगरपालिका शिक्षा शाखामा कार्यरत बिद्यालय निरिक्षक नविन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि बिद्यालय बन्द गर्नुको बिकल्प नभएको बताउनुभयो ।
कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरी बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताउनुभयो ।
पुस महिना जान लाग्दा समेत पानी नपरेकाले झन चिसो बढेको स्थानीयको भनाइ छ । खाँडाचक्र नगरपालिका वडा ३ का भक्ती पाण्डेले पानी मात्र होइन हिमपात भएर मौसम सफा हुने बितिकै तातो हुने बताउनुभयो । उहाँले पानी नपर्दा हुस्सु लाग्ने र हावा पनि उस्तै चल्ने भएकाले अनुमानभन्दा वढी चिसो हुनेगरेको सुनाउनुभयो । गोरखापत्र अनलाइन
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

