मिरुनाको थप्पड खाएका लामा ३ हजार धरौटीमा रिहा

काठमाडाैं | जेठ १७, २०७९

मिरुनाको थप्पड खाएका लामा ३ हजार धरौटीमा रिहा

काठमाडौं:  नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

 

आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।

 

प्रजिअ रिजालको आदेशपछि उनी तीन हजार धरौटीमा रिहा भएका हुन् ।

 

मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 

उक्त घटनापछि अहिले मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

काठमाडौं:  हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी ...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रबेश गरेका छन् ।  पोखरा रंगशालाको कभर्डहलमा आज भएको ...

थप पढ्नुहोस्