प्याराग्लाइडिङको नयाँ रुट: ‘मान्द्रेढुंगाबाट टेकअफ, पामेमा ल्यान्डिङ’

पाेखरा | पुस २२, २०७९

प्याराग्लाइडिङको नयाँ रुट: ‘मान्द्रेढुंगाबाट टेकअफ, पामेमा ल्यान्डिङ’

पोखरा:  अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।

 

नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए । 

 

उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’

 

उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।

 

उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’ 

 

सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।

 

हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्