कालीकोटमा विद्यालयको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
कालीकोट | पुस २२, २०७९

सुर्खेत: कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्।
विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।
यसबारे अनुसन्धान भइरहे छ ।
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...