शुक्लागण्डकीका क्रसर उद्योगमा प्रहरीको ताला

तनहुँ | पुस २२, २०७९

शुक्लागण्डकीका क्रसर उद्योगमा प्रहरीको ताला

तनहुँ:  शुक्लागण्डकीका क्रसरमा प्रहरीले चाबी लगाएको छ । गृहमन्त्रालयले अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसहरु बन्द गर्न निर्देशन दिएसँगै शुक्लागण्डकीका क्रसरमा चाबी लगाइएको हो ।

 

शुक्रवार इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले क्रसरमा चाबी लगाएका हुन् । क्रसर व्यवसायीले भने बन्द गर्न कुनैपनि कागजात नदिई एक्कासी चाबी लगाएको भन्दै आपत्ती जनाएका छन् । शुक्लागण्डकी–२ स्थित खनाल गिटी बालुका अध्यक्ष लिलाधर बरालले दुई दशकअघि सबै प्रक्रिया पुरा गरि क्रसर सञ्चालन गरेको बताउदै विना सुचना र जानकारी विना छापामार शैलीमा चाबी लगाएकोमा आपत्ती प्रकट गरे । क्रसरहरु एक्कासी बन्द विकास निर्माणका कार्यमा अवरोध पुग्ने हुदा तत्काल सच्याउनुपर्नेमा जोड दिएका छन् । 


इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जिल्लाबाट आएको निर्देशन अनुसार कार्यान्वयन गरिएको बताए । जिल्ला अनुगमन समितिको विहिवार भएको बैठकले  कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत सञ्चालन अनुमति नलिाई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोड तथा बालुवा उत्खनना प्रशोधन कार्यमा सलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । अनुगमन समितिको बैठकको निर्णय कार्यान्वयनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पत्र लेखेको थियो । 


अनुगमन समितिले उद्योगहरुमा मौज्दात रहेका कच्चा तथा प्रशोधित नदीजन्य पदार्थहरुको स्टक प्रमाणित गरी सोको विवरण एक हप्ता भित्र जिल्ला अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको छ । जिल्ला अनुगमन समितिका अनुसार तनहुँका दर्ता नगरि सञ्चालन भएका, नविकरण नभएका र उदेश्य विपरित सञ्चालन भएका २० वटा उद्योग छन् । यसमध्य १४ वटा शुक्लागण्डकी नगरपालिकामा रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरि अनुगमन समिति रहेको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले शनिवारसम्म बन्द गरिएका उद्योगको विवरण आउने बताए ।

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्

काठमाडौ‌:  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।   राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

थप पढ्नुहोस्