जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ

पाेखरा | पुस २४, २०७९

जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गरेको छ ।  कास्की प्रहरीको टोलीले तिवारीलाई  पोखरा महानगरपालिका २८ माझठाना स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार पक्राउपछि उनलाई पहिले उच्च अदालतले फैसला गरे अनुसार कैद भोग्न अदालत पठाइएको छ । 

 

तिवारीलाई उच्च अदालतले तिवारीलाई जजक मुद्धामा २०७९ बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

 

तिवारीले २०७६ साउन ७ गते अपाङ्गता रहेकी नावालिग परिवर्तित नाम (पोखरा १३) लाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्