मिस तामाङ पोखराको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धी, फिनाले माघ १ गते

पाेखरा | पुस २४, २०७९

मिस तामाङ पोखराको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धी, फिनाले माघ १ गते

पोखराः   मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।


सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।  प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए ।  विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए  । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए ।


सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।  

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

थप पढ्नुहोस्

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

थप पढ्नुहोस्

पोखरा:   रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा ह...

थप पढ्नुहोस्