नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको एकीकृत कारोबार सुरु
काठमाडाैं | पुस २८, २०७९
काठमाडौँ: नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छ । नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबीच सेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर भएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ र कुल पुँजी ५८ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा तीन खर्ब २९ अर्ब रुपियाँ रहेको सो बैङ्कले जनाएको छ ।
मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल २९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम २७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साबिक इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

