म्याग्दी महोत्सव: सम्पूर्ण तयारी पूरा, आजबाट सुरु हुँदै

म्याग्दी | पुस २८, २०७९

म्याग्दी महोत्सव: सम्पूर्ण तयारी पूरा, आजबाट सुरु हुँदै

म्याग्दी: आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्धारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाई गरेर पाहुनाको स्वागत गरेका छन् ।  


पुस २८ देखि माघ ८ गते सम्म बेनीको खुल्ला मञ्चमा सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । 


माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागर गर्न आयोजित महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । 


महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भुषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्‍याली निकालिने आयोजकले जनाएका छन् ।  


महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्‍याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।


महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् ।


महोत्सवमा बेनीको पुरानो हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङ्गेतिक प्रस्तुति रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ । 


दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल रहेका छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।


महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको व्यवसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...

थप पढ्नुहोस्