एमाले कास्की अडियो काण्ड: ३ कार्यकर्ता निलम्बित

कास्की | जेठ १८, २०७९

एमाले कास्की अडियो काण्ड: ३ कार्यकर्ता निलम्बित

पोखरा:   पोखरा महानगरपालिकाको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन योजना बुनेका तिन जनालाई निलम्बन गरको छ ।

 

नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उक्त घटनामा संलग्न वडा २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र सोही  वडाकै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरेको हो ।

 

उनीहरु अब आफ्नो जिम्मेवारीबाट मुक्त भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

विज्ञप्तीमा भनिएकाे छः

‘स्थानीय निर्वाचन २०७९ को शिलशिलामा पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिन आएको अनेकौं विषयहरुको बारेमा नेकपा एमाले कास्कीले मसिनो गरि अध्ययन गरिएको सर्वविधितै छ । 

 

त्यसक्रममा सार्वजनिक भएका भ्याइस क्पिल र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित कमिटीहरुले स्पष्टिकरण सोधि निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लंघन गरिएको ठहर गरि धारा ८१ बमोजिम कारवाही प्रक्रिया अगाडी बढेको जानकारी गराउँदछौं, विज्ञप्तीमा लेखिएको छ, ‘मातहतका कमिटीले अगाडी बढाएको कारवाही प्रक्रिया र प्राप्त तथ्यहरु केलाउदा तपशिलमा उल्लेखित व्यक्तिहरुलाई अगाडी बढाएको कारवाही प्रक्रिया निष्कर्षमै पुर्याउनै पर्ने आवश्यकता महसुस गरि तत्कालको लागि जिल्ला कमिटी कास्की निम्न निष्कर्षमा पुगेको अवगत गराउँदछौं ।’

विज्ञप्ती:

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्