बसको ठक्करबाट एक महिलाको मृत्यु

पाल्पा | पुस २८, २०७९

बसको ठक्करबाट एक महिलाको मृत्यु

पाल्पा:   जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।


अर्गली तानसेन भित्री सडकखण्डको सडक भएर गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । विश्वकर्मा सोही बसबाट झरेर घरतर्फ जाँदै गर्दा सो घटना भएको हो ।


गम्भीर घाइते हुनुभएको विश्वकर्मालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो । तर, घाइते विश्वकर्मालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनापछि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्