टिकटक लाइभबाट जुवा खेलाउने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं | पुस २८, २०७९

टिकटक लाइभबाट जुवा खेलाउने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौंः     प्रहरी टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा ४ जनालाई प्रकाउ गरेको छ । 


टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।


प्रकाउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षीय प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षीय डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरीले जनाएको छ । 


त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए । उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ ।


प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको खुल्न आएको छ । 

 

प्रकाउ परेका चारै जनालाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपत्यका १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर वउत जगाती र ठिमी पठाएको प्रहरीले जनाएको छ । 

 

 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्