विमान दुर्घटना: थप एकको शव फेला, एकजना अझै बेपत्ता

पाेखरा | माघ ३, २०७९

विमान दुर्घटना: थप एकको शव फेला, एकजना अझै बेपत्ता

पोखराः  पोखरामा विमान दुर्घटना हुँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । 

 

थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा मृत्युु हुनेको संख्या ७१ पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

 

‘आइतबार पोखरामा विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि शव परिवारलाई बुझाउन थालिएको छ, ढकालले भने, ‘दुर्घटना स्थलमा बेपत्ता भएकाहरुलाई खोजी कार्य जारी छ, अहिले थप एकजनाको शव भेटिएको छ, बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ ।’   


आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो ।  आइतबार विमान दुर्घटना हुँदा ४ चालक दलसहित ६८ जना सवार थिए । 

 

आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्