मिस तामाङ पोखरालाई तामाङ महिला घेदुङको सम्मान

पाेखरा | माघ ४, २०७९

मिस तामाङ पोखरालाई तामाङ महिला घेदुङको सम्मान

कास्की:  नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मिस तामाङ पोखरा २०२३ को टोलीलाई सम्मान गरेको छ ।

 

पोखरामा मंगलबार आयोजित मञ्जुश्री संवत २८५९ औं हे ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमकाबीच नेपाल महिला तामाङ घेदुङले ४ जनालाई सम्मान अर्पण गरेको हो ।

 

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले मिस तामाङ पोखरा रोश्मा तामाङ, फस्र्ट रनरअप जुना तामाङ, सेकेण्ड रनरअप प्रिती तामाङ र भ्युअर्स च्वाइस रेनुका तामाङलाई सम्मानस्वरुप खादा तथा मायाको चिनो अर्पण गरे ।

 

सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले तामाङ समुदायको आफ्नो मौलिक संस्कार तथा संस्कृति रहेको उल्लेख गर्दै संरक्षणको आवश्यकता रहेको बताए । 

 

उनले आदिवासी जनजातिमध्ये तामाङ समुदायको तेस्रो ठुलो जनसँख्या रहेको बताउदै राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउन आवश्यक रहेको औल्याए । ‘तामाङ जाति जनसँख्याको हिसाबले हर्दा आदिवासी जनाजातिमा तेस्रो ठुलो शक्तिा हो’, उनले भने, ‘आगामी दिनमा यो समुदायले राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउनका लागि पहल गर्न आवश्यक छ ।’

 

उनले महिला घेदुङको कार्यक्रमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै प्रदेश सांसदको हैसियतले आगामी दिनमा सधै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

 

सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दिपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समिति कास्कीका अध्यक्ष भक्त तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, मिस तामाङ २०२३ पोखरा रोश्मा तामाङ, अञ्जना तामाङ, फुलकुमारी थापा, तिर्थ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

संस्थाकी अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव निमा तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्