प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा
काठमाडाैं | माघ ६, २०७९
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डोनर कार्ड हस्तान्तरण गर्नुभएको थियो। यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

