लण्डनको सदर्क काउन्सीलका मेयर चोप्रा रोयल ट्रेकमा

पाेखरा | माघ ६, २०७९

लण्डनको सदर्क काउन्सीलका मेयर चोप्रा रोयल ट्रेकमा

पोखरा:  ब्रिटिसको लण्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट सम्बृद्धि हासिल गर्न सक्ने बताएका छन् । 


पोखरा महानगरपालिका वडा नं. २६ बाट प्रारम्भ हुने रोयल ट्रेकको विहिबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै, पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे । 

 


पत्नी भर्षा सहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले विट्रिसका तत्कालिन युवराज चाल्र्सले समय विताएको पोखरा २६ को सिलिङ्गे ट्राईगर ट्रि मा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको संभावनाका बारेमा छलफल गरेका थिए । मेयर चोप्राले रोयल ट्रेकमा झण्डै एक किलोमिटर पैदलयात्रा गरेका थिए । 


सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, रोयल ट्रेकको विकास एवं विट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरेका थिए । अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगरपालिकाको विचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदान प्रदान गर्न सकिने उल्लेख गरे । 
मेयर चोप्राको भ्रमणलाई पूर्व पर्यटन दुत एवं एभरेष्ट इन यू.के का अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका थिए । 


मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल, वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं. २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुजता बराल सुनार, सुदिपराज ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा स्थानीय वासिन्दा हरि अधिकारी, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, चिनिया थापा, डम्बर बहादुर थापा, मदन बस्नेत लगायतले स्वागत गरेका थिए । मेयर चोप्रा दम्पतीले टाइगर टप रिर्सोटमा समेत केही समय बिताएका थिए । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्