नेपालगञ्जको झडपमा नाैं प्रहरी र सर्वसाधरण घाइते

नेपालगञ्ज | जेठ १९, २०७९

नेपालगञ्जको झडपमा नाैं प्रहरी र सर्वसाधरण घाइते

नेपालगञ्ज:  नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् ।

 

सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् । झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयाँै राउण्ड हवाई फायर गरेको थियो । राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए ।

 

राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ । धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको शहीद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ ।

 

तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२÷६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको शालिक भत्काइएको थियो ।

 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्‍याउन  आग्रह गर्नुभएको छ ।

 

उहाँहरुले सर्वपक्षीय सर्वदलीय छलफलबाट आपसी सहमतिमा समाधान खोज्न सकिने भएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न आग्रह गर्नुभयो ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्