कास्कीको मादीमा गोरु काटेको आरोपमा ४ जना पक्राउ
काठमाडाैं | माघ ७, २०७९

कास्की: इलाका प्रहरी कार्यालय हंसपुर (डाडाँकोनाक) कास्की टोलीले गोरु काटेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका ५ स्थित बयारघारीमा गोरु काटेको आरोपमा पोखरा महानगरपालिका १३ स्थित ढिवाली टोल बस्ने ४२ वर्षिय शम्भू नेपाली, २५ वर्षिय सुवास नेपाली, मादी गाउँपालिका ५ का १८ वर्षिय अमृत विक र स्याङ्जा घर भई हाल मादी ५ बयारघारी बस्ने ३९ वर्षिय राम नेपाली रहेका छन् ।
उनीहरुलाई गत बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले बताए ।
‘हामीलाई गोरु काटेको भन्ने सुचना आएपछि घटना स्थलमा पुगेर मुचुल्का गर्नेदेखि साक्षीहरुसँग पनि बुझ्ने काम गर्यौ र पछि आरोपीहरुले पनि कसुर स्वीकार गरेपछि नियन्त्रणमा लिएका थियौ’, डिएसपी दाहालले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले कानून वर्खिलाप कसुर गरेको ठहरिएपछि ४ जनालाई पक्राउ गरेर मुद्धा दर्ता भइसकेको अवस्था छ र त्यो घटनामा अरुपनि संलग्न भए नभएको बारे पनि थप अनुसन्धान गर्दै छौं ।’
डिएसपी दाहालका अनुसार उनीहरुलाई गौ वध ऐन तथापशुपंक्षी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
ताप्लेजुङ: सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...
पर्सा: स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गा...
काठमाडौं: प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...