टाइगर कप भलिबल: एपिएफको लगातार दोस्रो जित, भोलि गण्डकी र एपिएफ भिड्ने

पाेखरा | माघ ९, २०७९

टाइगर कप भलिबल: एपिएफको लगातार दोस्रो जित, भोलि गण्डकी र एपिएफ भिड्ने

पोखराः टाइगर गुु्रप अफ पोखराले सञ्चालन गरेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । 


पोखरा रंगशालामा भएको आजको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले श्रीलंकाको जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । आर्मीले २५-२०, २५-१६र २५-१० को सेटमा जित दर्ता गर्न सफल भएको हो । त्रिभुवन आर्मी क्लब पहिलो खेलमा भने अर्को विभागिय क्लब नेपाल एपिएफसँग पराजित भएको थियो । 


आर्मीले पहिलो जितसँगै ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे । 


यस्तै अर्को खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । यो जितसगै एपिएफले दुई खेलमा ६ अंक बटुलेको छ । 


एपिएफले  पुलिस विरुद्ध २५-२१, २१-२५, २५-२१ र २५-१८ ले सेट जितेको थियो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए । 

महिलातर्फको खेलमा भने नेपाल एपिएफ क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले २५-२१, २५-१९ र २५-१६को सेटमा सहज जित निकाल्दै ३ अंक जोडेको छ । खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् ।


प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्बल, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।


प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ । भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लब र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ । त्यसै गरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफको बिचमा हुनेछ । 


प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्