भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत
पाेखरा | जेठ १९, २०७९
पाेखरा: पोखरेली पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् ।
गत बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको वैठकबाट गठित विभागमा पोखरेली स्थापित पर्यटन व्यवसायी भट्टाराई सहित २४ जना मनोनीत भएका हुन् ।
मनोनीत भएसँगै पोखरेली पर्यटन व्यवसायी भट्टराईले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा वहन गर्न तत्पर रहेको बताए । ‘पर्यटन विभागको सदस्यमा समावेश भएको छु, उनले भने, ‘अब आफ्नो जिम्मेवारी उत्कृष्ट तवरले सम्हाल्नेछु ।’
पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

