टाइगर कप भलिबलः आर्मीलाई पराजित गर्दै पुलिस तेस्रो

पाेखरा | माघ १४, २०७९

टाइगर कप भलिबलः  आर्मीलाई पराजित गर्दै पुलिस तेस्रो Photo Sudarshan Ranjeet

पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ  नेपाल पुलिस क्लब तेस्रो भएको छ । 


पोखरा रंगशालामा तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।  


नेपाल पुलिस क्लबले पहिलो सेट २२-२५ ले गुमाएको थियो । दोस्रो सेटबाट उत्कृष्ट पूनरागमन गर्दै नेपाल पुलिस क्लबले २५-१८, २५-२१ र २५-२० ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो भएको हो । आर्मी गतवर्षको विजेता टोली हो । 


आज नै महिला तथा पुरुष तर्फको फाइनल खेल हुनेछ । महिला तर्फ नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच केही समयमा फाइनल खेल सञ्चालन हुनेछ । 


यस्तै पुरुष तर्फ आयोजक गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 


महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । 


यस्तै महिलातर्फ तेस्रो भएको होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार र पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्