बागलुङको ताराखोला सिलेमा आगलागी, आगो नियन्त्रण बाहिर वस्ती जोखिममा
बाग्लुङ | माघ १४, २०७९
Photo: Indra Bdr Roka Magar
बागलुङः बागलुङको ताराखोला गाउँपालिका २ अर्गल सिलेको स्थानीयको खरबारीमा आगलागी हुँदा वस्ती जोखिममा परेको छ ।
स्थानीयले खरबारीमा स्याउला जलाउन लगाएको आगो एक्कासी फैलिदा आगो नियन्त्रण बाहिर गएको स्थानीय भुमिराज विश्वकर्माले जानकारी दिए ।
‘आगो वस्ती भन्दा तल लागेको छ, आगो भन्दा केही माथि वस्ती छ, अहिले आगो नियन्त्रण बाहिर छ, विश्वकर्माले भने, ‘अप्ठ्यारो भिर भएकाले आगो नियन्त्रण गर्न सकिएको छैन, वस्तीतिर आउँछ कि भनेर सजग भएर बसेका छौं ।’

ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्ति मगरले आगोको जोखिम भएका वस्तीलाई दिउँसो जोगाइएका जानकारी दिए ।
‘दिउँसो आगलागीबाट वस्ती जोखिममा परेको थियो, स्थानीयको सहयोगमा वस्ती जोगाइएको छ, घर्तिले भने, ‘आगो भिरमा लागेकाले नियन्त्रण गर्न सकिएको छैन, रात परेकाले नियन्त्रण गर्न समस्या भएको छ ।’
स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो खरबारीमा फैलिएकाले नियन्त्रण बाहिर गएको स्थानीयले जानकारी दिएका छन् ।
खईम भन्ने स्थानमा लागेको आगो अहिले ताराखोला गाउँपालिका २ सिलेको कोट र गर्जुरे भन्ने स्थानमा फैलिएको छ । खरबारीमा सल्ला लगायत अन्य रुखको पातहरु र खर सुकेकाले आगो नियन्त्रण गर्न समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

