फापर र तोरीले रङ्गिन बनेका चितवनका खेतबारी
चितवन | माघ १५, २०७९
चितवन: फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ ।
यो समय फापर फुल्ने मुख्य समय हो । हिजोआज चितवनका खेतहरूमा फापर र तोरी एकै साथ फुलेको देख्न सकिन्छ । फूलले रङ्गिन जस्तै बनेको छ चितवनका खेतबारीहरू । उच्च पहाडी भेगमा मुख्य गरी उत्पादन हुने गरेता पनि आजभोलि यसको खेती तराईका केही भेगमा पनि खेती गर्न थालिएको छ ।
जसमध्ये चितवन जिल्लाको मेघौली क्षेत्र र दिव्य नगर क्षेत्र यति बेला फापर फुलेर अति नै सुन्दर देखिएको छ । यही सौन्दर्यमा युवायुवतीहरू फापर खेतीमा टिकटक बनाएको पनि देख्न सकिन्छ।
मेघौलीका किसान बोलबहादुर चौधरीका अनुसार यस क्षेत्रमा कात्तिक महिनामा फापर खेती गरिन्छ र फापर ६० देखि १५० दिनमा पाक्छ करिब ७५ प्रतिशत दानाहरू खैरो, कालो वा मलिन खैरो रङ्ग भएपछि फापर काट्ने गरिन्छ। चौधरीका अनुसार बिहानको समयमा फापर काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडी नै बाली भित्र्याउनुपर्छ।
फापर पोषणयुक्त खाद्यान्न भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ, जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन अमिनो एसिड पनि बढी पाइन्छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

