रविको नागरिकता कायम गर्ने प्रक्रियामा छौं: प्रमुख जिल्ला अधिकारी उपाध्याय
काठमाडाैं | माघ १५, २०७९

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रिया जारी रहेको बताएका छन् ।
सर्वोच्चको आदेशपछि लामिछाने आज नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछानेले आज प्रशासन कार्यालय पुगेर नागरिकता लिन लागेका हुन् ।
यसअघि लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन् ।
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...
काठमाडौँ: नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...