बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने
काठमाडाैं | चैत २७, २०७८
काठमाडौं, चैत २७ गते । बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ ।
बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।
बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ ।
त्यसैगरी, धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज तीन वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

