‘गृह मन्त्रालयमा हाम्रो दावि रहन्छ’
काठमाडाैं | माघ १५, २०७९
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुनः नेपाली नागरिकता प्राप्त गरेका छन्।
पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ ।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो ।
सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।
लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।
लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

